चार दिनदेखि अवरुद्ध नाग्मा–गमगढी सडक खुलाउने प्रयास जारी « Khabarhub

चार दिनदेखि अवरुद्ध नाग्मा–गमगढी सडक खुलाउने प्रयास जारी


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी सडक खण्ड खुलाउने प्रयास जारी रहेको छ । शुक्रबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडक खण्डको भुलभुले, घुच्ची लेक हुँदै पिना गाउँसम्म पुग्ने सडक अवरुद्ध भएको छ ।

यहाँ करिब तीन फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन जेसीबीसहित तीन जना प्रहरी समेत खटाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवाष हमालले बताए ।

पुस पहिलो पटक परेको हिमपातले पनि नाग्म–गमगढी सडक बन्द भएको थियो । यसबेला पनि डोजर लगाएर खुलाइएको थियो । उनले भने, ‘यसपटक पनि डोजर परिचालन गरिएको छ । सायद आज बेलुकासम्म सडक खुल्छ की उनको अनुभव रहेको छ । हिजोदेखि हिउँ पन्छाउन डोजर र प्रहरी प्रयोग गरेका छौ, हिमपातले जमिन नछोडेपछि हिउँ पन्छाउन समस्या भएको छ ।’

यो सडक खण्ड हिउँदमा हिमपात र बर्षामा पानीले अबरुद्ध हुँदै आएको छ । १ पुस २०६९ मा मुगु सडक सञ्जालमा जोडिए पनि हालसम्म सडकको स्तरोउन्नति नहँुदा बर्षको चार महिना मात्रै सवारी सहज रुपमा चल्छ ।

सडक खुलेको लामो समय भै सक्दा पनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, नाला, ढल, कल्भडको व्यवस्था नहँुदा पटक पटक सडक अवरुद्ध हुने गरेको स्थानीयको दुखेसो छ ।

हरेक वर्ष आठ महिना सडक बन्द हुँदा उपभोग्य सामग्री समेत अभाव हुने गरेको व्यापारीहरू बताउँछन् । साथै सडकको नाममा हुने राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा पर्दै आएका छन् । सडक बन्द हँुदा स्थानीय तहका वकिास निर्माणका काम समेत प्रभावित हुने गरेका छन् । स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या हुने गरेको स्थानीयले बताए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : ३० बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ