कच्चापदार्थको अभावमा राडीपाखी उद्योग बन्द « Khabarhub

कच्चापदार्थको अभावमा राडीपाखी उद्योग बन्द


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलंगा–कच्चापदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौँदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताए ।

उनले भने, ‘चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हँुदै आएको थियो । अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चापदार्थ सङ्कलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको हो । विगत दुई वर्षदेखि उद्योगको काम ठप्प छ । जुम्ली भेडाको कालो र सेतो ऊनबाट बन्ने सामग्रीको माग पनि बढ्दो छ तर जुम्ली भेडाको ऊन छोटो हुने भएकाले अलि झन्झटिलो हुन्छ । चीनबाट आउने ऊन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने उनको भनाइ थियो।

‘माग अत्यधिक छ । कच्चापदार्थ सङ्कलन हुन सकेको छैन । उद्योग नचल्दा घाटा बेहोर्नु परिरहेको छ । चीनको उत्तरी हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जनजीवनसँगै साना तथा मझौला उद्योग सङ्कटमा परेको सञ्चालक तामाङले जानकारी दिए । चीनको नाका खुलाउन सरकारले कुनै चासो देखाएको छैन ।

पछिल्लो समय जुम्लामा पनि भेडाको ऊन अभाव हुँदै गइरहेको र गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि ऊन पाउन मुस्किल छ । चीनको नाका खुलाएर चाँडो कच्चापदार्थ ल्याउने वातावरण बनाइदिन सरकारलाई उनले अनुरोध गरेका थिए । चन्दननाथ नगरपालिका–२ निवासी तामाङले राडीपाखी बेचेरै वार्षिक रु पाँच लाख आम्दानी गर्दै आइरहनुभएको थियो। वर्षमा कच्चापदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी रु १५÷२० लाखको कारोबार हुने गरेको थियो । रु पाँच लाख ऊनलाई लाग्थ्योे । सरकारी अनुदानका नाममा आर्थिक वर्ष २०७५÷७६ मा पशु सेवा कार्यालयबाट साढे तीन लाख मात्रै पाएकी कुन्जाङले अहिलेसम्म कतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गरिन् ।

महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म नाफा हुन्थ्यो । यसैबाट घर खर्च चलेको थियो, माग दैनिक बढ्दै गए पनि कच्चापदार्थ नहुँदा समस्या भएको छ । नियमित पाँच र ज्यालादारीमा १०–१२ जनासम्मलाई उनले रोजगारी दिएकी थिइन् । ज्यालादारीमा काम गर्ने महिलालाई एक कोट सिलाएबापत दुई हजार र राडीपाखी बुनेबापत दुई हजार ५०० दिने गरिएको थियो । सो उद्योगमा सरकारी अधिकारीदेखि जुम्ला भित्रिने अधिकांश आन्तरिक पर्यटकले समेत अवलोकन गर्ने आउने गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ४ : १५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले