फागुन १० गतेभित्र रेल चल्छः महाप्रबन्धक झा « Khabarhub

फागुन १० गतेभित्र रेल चल्छः महाप्रबन्धक झा


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुनको १० गतेभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने बताएका छन् ।

खबरहबसँगको कुराकानीमा महाप्रबन्धक झाले उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र १० गतेभित्र उद्घाटन भई यात्रुसहित रेल चल्ने दाबी गरेका हुन् । फागुन १ गतेबाट भने ‘ड्राई रन’ अर्थात् बिना यात्रु जयनगरदेखि जनकपुरसम्म रेल चलाइने छ ।

रेलको उद्घाटन नभएसम्म बिना यात्रु नियमित रेल चलाइने पनि उनले बताए ।

उनले भने, ‘फागुन १ गतेदेखि ड्राई रन रेल चलाउने छौँ । बिना यात्रु नियमित रेल चलाउने छौँ । फागुन १० गतेभित्र उद्घाटनको सम्भावना छ । अहिलेसम्मको प्रगति यही हो । उद्घाटनपछि यात्रुसहित रेल चल्नेछ ।’

महाप्रबन्धक झाले थपे, ‘रेलको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने अहिलेसम्मको कुरा छ । यद्यपि, केही दिन तलमाथि हुन सक्नेछ । तर, यसपटक रेल चल्छ ।’

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : ३८ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्