एक महिनाभित्र विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई–पासपोर्ट « Khabarhub

एक महिनाभित्र विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई–पासपोर्ट


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ ।

विभागले ई–पासपोर्ट जारी गर्न सुरु गरेपछि यसअघि जारी हुँदै आएको मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न नियोगहरूले बन्द गरेका थिए ।

‘अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने हाम्रो योजना छ,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, ‘ई–पासपोर्ट जारी गर्न आवश्यक पर्ने सामाग्री नियोगहरूमा पठाउन थालेका छौँ ।’

एमआरपी बन्द गरी विभागले गत मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्न सुरु गरेको थियो । सताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरिएको थियो ।

यसअघि, विभागले ७७ जिल्ला र विदेशस्थित सबै नेपाली नियोगबाट एमआरपी जारी गर्दै आएको थियो । ई–पासपोर्ट जारी भएपछि नियोगबाट नयाँ पासपोर्ट जारी नहुँदा विदेशमा रहेका हजारौँ नेपाली अप्ठेरोमा परेका थिए ।

‘पासपोर्टका कारण नेपालीलाई अप्ठेरो नपरोस् भनेर सबैभन्दा पहिले धेरै नेपाली रहेका देशस्थित नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने तयारी हाम्रो छ,’ महानिर्देशक अर्यालले भने ।
हाल नेपालको ३० देशमा दूतावास, ३ स्थानमा स्थायी नियोग र ७ स्थानमा महावाणिज्य दूतावास रहेका छन् ।

विभागले ई–पासपोर्ट जारी गर्न सबैभन्दा बढी प्राथमिकता खाडी राष्ट्रमा रहेका नेपाली नियोगलाई दिएको छ ।

आइतबार कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट ई–पासपोर्ट सफलतापूर्वक छापिएको थियो । विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई–पासपोर्ट हो । सफल परीक्षण भएसँगै ई–पासपोर्टका लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ ।

‘खाडी राष्ट्रमा रहेका नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्न आवश्यक पर्ने सम्पूर्ण सामाग्री यहाँबाट पठाइसकेका छौँ । सामाग्री यही जडान गरेर पठाएका छौं,’ महानिर्देशक अर्यालले भने ।

सोमबारबाट साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासबाट ई–पासपोर्ट जारी गर्ने उनले जनाए । युनाइटेड अरब इमिरेट्सस्थित नेपाली दूतावासबाट मंगलबारबाट ई–पासपोर्ट जारी गर्ने तयारी भइरहेको उनले बताए ।

मलेसियास्थित नेपाली दूतावासबाट छिट्टै ई–पासपोर्ट जारी गरिने तयारी भइरहेको छ । आवश्यक पर्ने सबै सामाग्री मलेसियास्थित दूतावास पुगिसकेको महानिर्देशक अर्यालले बताए ।

नेपालभित्र अहिले ४२ वटा जिल्लाबाट ई–पासपोर्ट जारी गर्न सुरु गरिएको छ । झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलवस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर, काभ्रे, रामेछापलगायत जिल्लाबाट अहिले ई–पासपोर्ट जारी भइरहेको छ ।

अहिले विभागमा ई–पासपोर्टका लागि दैनिक ११ देखि १२ सयसम्मको आवेदन पर्ने गरेको महानिर्देशक अर्यालले जानकारी दिए । जिल्ला र विभागमा गरी दैनिक दुई हजारसम्म आवेदन पर्ने गरेको छ । विभागबाट ई–पासपोर्ट बनेर जिल्ला जान एकदेखि डेढ हप्ता लाग्ने गरेको उनले जनाए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ४ : ५५ बजे

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा