मधेश प्रदेशसभाका तीन समितिमा सभापति बन्न पाँच जनाको उम्मेदवारी « Khabarhub

मधेश प्रदेशसभाका तीन समितिमा सभापति बन्न पाँच जनाको उम्मेदवारी


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेश प्रदेशसभाअन्तर्गत रिक्त तीनमध्ये दुई समितिका सभापति चयन गर्न चुनाव हुने भएको छ ।

आइतबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट सार्वजनिक लेखा समितिको सभापतिमा प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दिएका छन् । त्यस्तै, सक्षा पक्षको तर्फबाट नेपाली काँग्रेसका नरेशकुमार यादवले पनि उम्मेदवारी दिएका छन् ।

प्राकृतिक श्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । यो समितिमा यादवको मात्र उम्मेदवारी परेको हो ।

त्यस्तै कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेकी जगतारण देवीले उम्मेदवारी दिएकी छन् ।

यो समितिको सभापतिका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मदनसेन श्रीवास्तवले पनि उम्मेदवारी दिएका छन् ।

मधेश प्रदेश सभामा लामो समयदेखि सभापतिविहीन रहेका संसदीय समितिको सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

प्रदेशसभा सचिवालयले माघ १९ गते सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिका लागि उम्मेदवारी दिन आह्वान गरेको थियो ।

मंगलबार सभापति चयन हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : ०० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका