हामी गठबन्धनसँग एक्लै लड्न सक्षम छौँः विश्वकर्मा « Khabarhub

हामी गठबन्धनसँग एक्लै लड्न सक्षम छौँः विश्वकर्मा


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको दाबी गरेका छन् ।

एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँचदलीय गठबन्धनका नेताले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए ।

एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा भएको कार्यक्रममा सचिव विश्वकर्माले यस्तो बताएका हुन् ।

विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा तथा भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको बताए । उनले एमसीसीबारे दोहोरो कुरा गरेर सत्तारुढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको पनि आरोप लगाए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मीनप्रसाद पोखरेल, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेलगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ५७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले