विद्यार्थीलाई गैरकानुनी तरिकाबाट विदेश पठाए कारबाही « Khabarhub

विद्यार्थीलाई गैरकानुनी तरिकाबाट विदेश पठाए कारबाही


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी विद्यार्थीलाई विदेश पठाउँदा कानुनविपरीत काम गरेको पाइए त्यस्ता शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

पछिल्लो समय त्यस्ता उजुरीहरू बढिरहेको मन्त्रालयले जनाएको छ ।

कानुनविपरीत गतिविधि गर्ने संस्थाहरूमाथि सरकारले निगरानी गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

कुनै शैक्षिक परामर्श केन्द्रहरूले गैरकानुनी काम गरेको पाइए नेपालमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र विदेशको हकमा विदेशस्थित नेपाली नियोगहरूमा सूचना अथवा उजुरी दिनसमेत विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : १७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका