सुरुवाती अग्रता तोड्दै इल्चेमाथि बार्सिलोनाको जित « Khabarhub

सुरुवाती अग्रता तोड्दै इल्चेमाथि बार्सिलोनाको जित


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। स्पेनिस ला लिगा अन्गर्तत गएराति भएको खेलमा इल्चेले लिएको अग्रता तोड्दै बार्सिलोना विजयी भएको छ। खेलमा पुनरागमन गर्दै बार्सिलोनाले इल्चेलाई २-१ ले पराजित गरेको हो।

पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६० औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा फर्काए

खेल बराबरी भएपछि तनावमा देखिएको इल्चेले खेलको ८४ औं मनेटमा अर्को गोल खाएको हो। बार्सिलोनाका लागि निर्णायक गोल मेम्फिस डीपले गरे।

खेलको ८८ औं मिनेटपछि इल्चे १० खेलाडीमा सीमिति भएको थियो। जाभियरले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा सीमित भएको हो।

आइतबार रातिको जितसँगै बार्सिलोनाले २६ खेलमा ४५ अंक जोडेको छ भने इल्चे ३२ अंकसहित १३ औं स्थानमा छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ५७ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण