दक्षिण कोरियाले रुससँग बैंकिङ कारोबार बन्द गर्ने « Khabarhub

दक्षिण कोरियाले रुससँग बैंकिङ कारोबार बन्द गर्ने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाले रुसको केन्द्रीय बैंकसँग बैंकिङ कारोबार बन्द गर्ने घोषणा गरेको छ । दक्षिण कोरियाको अर्थ मन्त्रालयले मंगलबारबाट लागू हुनेगरी रुसको केन्द्रीय बैंकसँग कारोबार नगर्ने घोषणा गरेको हो ।

यससँगै रुसले दक्षिण कोरियाली मुद्रा ‘वन’ मा रहेको रुसी सम्पत्ति रोक्का गर्ने र रुसी केन्द्रीय बैंकसँग कारोबार बन्द गर्ने घोषणा गरेको रोयटर्सले जनाएको छ । यसअघि अमेरिका र युरोपेली युनियन इयूले पनि रुसविरुद्ध यस्तै आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका थिए ।

यसबाहेक दक्षिण कोरियाले रुसको महत्वपूर्ण सार्वभौम सम्पत्ति कोष, ‘रुसी महासङ्घको राष्ट्रिय सम्पत्ति कोष’ र रुसको प्रत्यक्ष लगानी कोष एवम् रोशिया बैंकसँग कुनै पनि दक्षिण कोरियाली कम्पनीले कारोबार गर्न नपाउने व्यवस्था लागू गरेको जनाइएको छ ।

पश्चिमी छिमेकी मुलुक युक्रेनमाथि सैनिक आक्रमण थालेयता रुसमा पश्चिमा मुलुकहरुसहित विश्वभरबाट आर्थिक प्रतिबन्धहरु लाग्दै आएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ४८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क