स्वास्थ्य क्षेत्रको बेथितिप्रति नेपाल डेन्टल साइन्स हाईजेनिस्ट एशोसिएसनको ध्यानाकर्षण « Khabarhub

स्वास्थ्य क्षेत्रको बेथितिप्रति नेपाल डेन्टल साइन्स हाईजेनिस्ट एशोसिएसनको ध्यानाकर्षण


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल डेन्टल साइन्स हाईजेनिस्ट एशोसिएसनले मुख स्वास्थ्य (Oral Health) क्षेत्रमा भइरहेको बेथितिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

एशाेसिएसनले आज स्वास्थ्य सेवा विभागलाई मुख स्वास्थ्य क्षेत्रको सुधारका लागि ध्यान दिन र सुधारका लागि यसअघि आफूहरूले राखेका मागहरूको सम्बोधन गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

उपचारात्मक महाशाखाले तर्जुमा गरेका सम्पूर्ण बैठकहरूमा यस संस्थाले उपस्थिति जनाएको भएपनि डेन्टल सर्जन शाखा प्रमुखबाट हरेक कार्यक्रममा एक बोली अर्को कार्य गरेको, बैठकमा भएको निर्णय विपरीत राजनीति गरेको र मुख स्वास्थ्य क्षेत्रमा शून्य कार्य भएको एशोसिएसनको आरोप छ ।

साथै, सरकारी छात्रवृत्तिमा अध्ययन गरी दुर्गम क्षेत्रमा २ वर्ष कार्य गर्नुपर्ने डाक्टरलाई पहुँचका आधारमा सुविधा सम्पन्न ठाउँमा राखेको, डेन्टल ल्याबको कार्यविधि अहिलेसम्म नबनाएको कोरोना महामारीमा ओरल युनिटले शुन्य कार्य गरेको, दन्त स्वास्थ्यका कार्यक्रम जनचेतना अभिवृद्धि गर्ने खालको नभई पैसा र भत्तामुखी रहेको एशाेसिएसनको भनाइ छ ।

वार्षिक कार्यक्रम बनाउँदा सम्बन्धित सरोकारवालासँग छलफल नगरेको, एक समूहप्रति मात्र उत्तरदायी भइ समग्र मुख स्वास्थ्यलाई धराशायी बनाएको, कृतिम दन्त शिविरको नाममा भत्ता र आर्थीक लाभ लिन आफ्ना वरिपरिका ब्यक्ति छनौट गरेको आरोप पनि एसोसियसनको छ ।

मुख स्वास्थ्य क्षेत्र सुधारका लागि पहल नभए आन्दोलनमा उत्रने चेतावनी एसोसिएसनले दिएको छ । एसोसियसन विगत १४ वर्षदेसख मुख स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ०९ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार