स्वास्थ्य क्षेत्रको बेथितिप्रति नेपाल डेन्टल साइन्स हाईजेनिस्ट एशोसिएसनको ध्यानाकर्षण « Khabarhub

स्वास्थ्य क्षेत्रको बेथितिप्रति नेपाल डेन्टल साइन्स हाईजेनिस्ट एशोसिएसनको ध्यानाकर्षण


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल डेन्टल साइन्स हाईजेनिस्ट एशोसिएसनले मुख स्वास्थ्य (Oral Health) क्षेत्रमा भइरहेको बेथितिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

एशाेसिएसनले आज स्वास्थ्य सेवा विभागलाई मुख स्वास्थ्य क्षेत्रको सुधारका लागि ध्यान दिन र सुधारका लागि यसअघि आफूहरूले राखेका मागहरूको सम्बोधन गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

उपचारात्मक महाशाखाले तर्जुमा गरेका सम्पूर्ण बैठकहरूमा यस संस्थाले उपस्थिति जनाएको भएपनि डेन्टल सर्जन शाखा प्रमुखबाट हरेक कार्यक्रममा एक बोली अर्को कार्य गरेको, बैठकमा भएको निर्णय विपरीत राजनीति गरेको र मुख स्वास्थ्य क्षेत्रमा शून्य कार्य भएको एशोसिएसनको आरोप छ ।

साथै, सरकारी छात्रवृत्तिमा अध्ययन गरी दुर्गम क्षेत्रमा २ वर्ष कार्य गर्नुपर्ने डाक्टरलाई पहुँचका आधारमा सुविधा सम्पन्न ठाउँमा राखेको, डेन्टल ल्याबको कार्यविधि अहिलेसम्म नबनाएको कोरोना महामारीमा ओरल युनिटले शुन्य कार्य गरेको, दन्त स्वास्थ्यका कार्यक्रम जनचेतना अभिवृद्धि गर्ने खालको नभई पैसा र भत्तामुखी रहेको एशाेसिएसनको भनाइ छ ।

वार्षिक कार्यक्रम बनाउँदा सम्बन्धित सरोकारवालासँग छलफल नगरेको, एक समूहप्रति मात्र उत्तरदायी भइ समग्र मुख स्वास्थ्यलाई धराशायी बनाएको, कृतिम दन्त शिविरको नाममा भत्ता र आर्थीक लाभ लिन आफ्ना वरिपरिका ब्यक्ति छनौट गरेको आरोप पनि एसोसियसनको छ ।

मुख स्वास्थ्य क्षेत्र सुधारका लागि पहल नभए आन्दोलनमा उत्रने चेतावनी एसोसिएसनले दिएको छ । एसोसियसन विगत १४ वर्षदेसख मुख स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ०९ बजे

माघ ११ सम्मको व्यस्त महोत्सव तालिका सकेर राजनीतिक सक्रिय हुने प्रकाशको संकेत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ उम्मेद्वारी दिएका गायक प्रकाश

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा