झापा गोल्डकपमा भोलि महिलाहरूले नि:शुल्क खेल हेर्न पाउने « Khabarhub

झापा गोल्डकपमा भोलि महिलाहरूले नि:शुल्क खेल हेर्न पाउने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नारी दिवसको अवसरमा पाँचौँ झापा गोल्डकपअन्तर्गत मंगलबारको खेलमा नारीहरूले नि:शुल्क खेल हेर्न पाउने भएका छन् ।

आयोजकले सोमबार विज्ञप्ति जारी गर्दै ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा थ्री स्टार र संकटा क्लबबीचको खेल निःशुल्क हेर्न पाउने जनाएको छ  ।

‘समस्त आमा, दिदिबहिनीहरू प्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि भोलि फागुन २४ गते मंगलबार  झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौँ । साथै यस अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनुहुन सबै महिलामा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

जारी प्रतियागितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ८ : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र