ललितपुरको खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुआत « Khabarhub

ललितपुरको खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुआत


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुआत गरेकी छन् ।

वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्तर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा पाउनेछन् । खोकनामा आज आयोजित एक कार्यक्रममा मन्त्री भुसालले वडावासीको स्वास्थ्योपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले खोकनावासीका लागि आवश्यक पर्ने विद्युत्, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने धारणा राखिन्।

कोभिड–१९ सङ्क्रमणको महाविपत्तिका समयमा पनि वडाले जनस्वाथ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले नागरिकको स्वास्थ्यमा ध्यान दिएकामा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिइन् । मन्त्री भुसालले भनिन्, ‘तोरीको तेलका कारण चिनिने खोकनामा तोरी पेल्ने मिल, सम्पदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्नका लागि वडा सक्षम भएको छ ।’ जनताको घरआँगनमै स्थानीय सरकारले जनतालाई महत्वपूर्ण स्वाथ्य सेवा उपलब्ध गराएर वडाले सराहनीय कार्य गरेको बताइन् ।

सो अवसरमा रुद्रायणी पञ्चताल गुठीलाई अक्षयकोषका लागि रु पाँच लाख बराबरको सहयोग ऊर्जामन्त्री भुसालले हस्तान्तरण गरेकी छन् । कार्यक्रममा वडाध्यक्ष रवीन्द्र महर्जनले आफ्ना वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ११ : ५६ बजे

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको रात, खाजामा भुजा र चिया

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट दुई जना घाइते

झापा – मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर