जयबागेश्वरीमा हरसिद्धि जात्रा शुक्रबारदेखि « Khabarhub

जयबागेश्वरीमा हरसिद्धि जात्रा शुक्रबारदेखि


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको जयबागेश्वरी २५ चैतदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ । लामो समयदेखि १२/१२ वर्षमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन ।

जात्रा बाह्र वर्षपछि २५ देखि २८ चैतसम्म चार दिन जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलिप वैद्यले बताए । जात्रालाई सहज ढङ्गले सञ्चालन गर्नका लागि समिति गठन गरिएको छ । २०६६ सालदेखि जनसहभागिताबाट रकम सङ्कलन गरी जात्रा सञ्चालन गरिँदै आइरहेको छ ।

लामो समयसम्म रोकिएको जात्रा २०६६ सालबाट जनसहभागितामा जात्रा आयोजना गर्दै आइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलीप वैद्यले बताए । यसपटक जात्राका लागि २० लाख खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेको वैद्यले बताए।

२५ चैत दिउँसोबाट जात्रा विधिवत् रूपमा सुरूवात गरि २६ र २७ गते हरसिद्धि डबली, जयबागेश्वरी डबलीमा नाच प्रदर्शन गरिनेछ । यस्तै २८ चैतमा हरसिद्धिको पूजापश्चात जात्रा सम्पन्न हुनेछ ।

त्रिशक्ति हरसिद्धिको बास बसुञ्जेल अन्य बाजा बजाउन मनाही गरिएको छ । करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ ।

हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ । काठमाडौँको जयबागेश्वरी ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको क्षेत्र हो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १२ : ०२ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक