श्रीलंका भ्रमण गर्नुअघि पुनर्विचार गर्न अमेरिकी नागरिकलाई आह्वान « Khabarhub

श्रीलंका भ्रमण गर्नुअघि पुनर्विचार गर्न अमेरिकी नागरिकलाई आह्वान


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले आफ्ना नागरिकलाई संकटग्रस्त श्रीलंकाको भ्रमण गर्नुअघि पुनर्विचार गर्न आह्वान गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकका लागि भ्रमण निर्देशिका (ट्राभल एडभाइजरी) जारी गर्दै यस्तो आह्वान गरेको हो । श्रीलंकामा आतंकवादको पनि खतरा रहेको एडभाइजरीमा उल्लेख छ ।

‘कोभिड १९ र इन्धन र औषधिको अभावका कारण श्रीलंका भ्रमण गर्न पुनर्विचार गर्नुहोला । आतंकवादका कारण श्रीलंकामा रहँदा उच्च सतर्कता अपनाउनुहोला ।’ विदेश मन्त्रालयको एडभाइजरीमा उल्लेख छ ।

‘हालै त्यहाँ आर्थिक अवस्थाका कारण प्रदर्शनहरु भएका छन् र पेट्रोल पम्प, औषधि पसल र किराना पसलमा मानिसहरुको लाम छ । देशभर नै प्रदर्शन भइरहेको छ र प्रायः शान्तिपूर्ण छ । कतै कतै प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।’ एडभाइजरीमा जनाइएको छ ।

त्यस्तै श्रीलंकामा विद्युत आपूर्तिमा पनि समस्या रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १ : १५ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर