खाद्यान्न तथा पेट्रोलियम आपूर्तिमा देखिएका समस्या समाधान गर्छुः मन्त्री बडू « Khabarhub

खाद्यान्न तथा पेट्रोलियम आपूर्तिमा देखिएका समस्या समाधान गर्छुः मन्त्री बडू


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चूनौतीपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समाधान गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाद्यान्नदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएका समस्या समाधान गर्ने बताएका हुन् ।

यसका लाग अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारबालासँग छलफल गरिने पनि उनले बताए ।

मन्त्री बडूले थप मूल्यवृद्धिको भार जनतालाई नपार्ने गरी देखिएका समस्याको समाधान खोज्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी दिएकी हुन् ।

यसअघि, बडूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ६ : ३० बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी