खाद्यान्न तथा पेट्रोलियम आपूर्तिमा देखिएका समस्या समाधान गर्छुः मन्त्री बडू « Khabarhub

खाद्यान्न तथा पेट्रोलियम आपूर्तिमा देखिएका समस्या समाधान गर्छुः मन्त्री बडू


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चूनौतीपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समाधान गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाद्यान्नदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएका समस्या समाधान गर्ने बताएका हुन् ।

यसका लाग अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारबालासँग छलफल गरिने पनि उनले बताए ।

मन्त्री बडूले थप मूल्यवृद्धिको भार जनतालाई नपार्ने गरी देखिएका समस्याको समाधान खोज्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी दिएकी हुन् ।

यसअघि, बडूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ६ : ३० बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको