धनुषा पुगेर प्रचण्डले भने- ‘नागरिकताका समस्या समाधान गर्न पहल गर्छु’ « Khabarhub

धनुषा पुगेर प्रचण्डले भने- ‘नागरिकताका समस्या समाधान गर्न पहल गर्छु’


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक अघि बढाउने बताएका छन् ।

धनुषाको धल्केबरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका कारण नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको बताए ।

अब संसद् सुरु भए लगत्तै अवरोध जारी नै रहे पनि नागरिकतासम्बन्धी सम्पूर्ण समस्या समाधान गरिने आश्वासन दिए । आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि प्रयास गर्दासमेत एमालेले गर्न नदिएको आरोप लगाए ।

‘अहिलेको लडाइँ परिवर्तनविरोधी र परिवर्तनकारी शक्तिबीचको लडाइँ हो।’, उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघठन गरेपछि आफूहरु गठबन्धन गर्न बाध्य भएको प्रचण्डको भनाइ थियो ।

त्यसअघि उनले मिथिला विहारी नगरपालिकाको मिथिलेश्वरमा रहेको जनयुद्धका सहिद चन्देश्वर मण्डलको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : ०१ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ