सी डिभिजन लिग : झापाको पाँचौँ जित « Khabarhub

सी डिभिजन लिग : झापाको पाँचौँ जित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले पाँचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार बिहान भएको खेलमा झापाले सानेपा क्लबलाई २–१ को गोलअन्तरले पराजित गरेको हो ।

झापाका लागि हरिबहादुर आले मगरले २ गोल गरे भने सानेपाको लागि महेन्द्र शाहीले १ गोल फर्काए । झापाका मगर म्यान अफ द म्याच घोषित भए ।

आजको दोस्रो खेलमा वीरगन्ज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्र दिउँसो पौने १ बजे आमने सामने हुनेछन् । वीरगन्ज ३ अंकसहित तालिकाको १३औँ स्थानमा छ भने ७ अंकसहित समाज कल्याण आठौँ स्थानमा छ ।

तेस्रो खेलमा प्लानिङ ब्वाईज युनाईटेड र रानीवन स्पोटर्स क्लब दिउँसो ४ बजे भिड्नेछन् ।  ९ अंकसहित प्लानिङ ९ औँ स्थानमा छ भने रानीवन ७ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : ४८ बजे

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि