नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित « Khabarhub

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो । 

जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ शेखले ३४ र विनोद भण्डारीले ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । आसिफले ३१ बलमा ६ चौका प्रहार गर्दै ३४ रन जोडे ।

 टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्वे ए टोलीलाई ३१ ओभर ५ बलमा समेट्न सफल भयो । जिम्बाब्वे एले ३१ ओभर ५ बलमा केवल ८७ रन बनाउन सफल भयो । जिम्बाब्वेलाई सस्तैमा समेट्न नेपालका करन केसी र सोमपाल कामीले ३–३, सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए । 

नेपाल र जिम्बाब्वे ए बीचको सिरिजअन्तर्गतको तेस्रो एकदिवसीय खेल बैशाख २६ गते हुनेछ । यसअघि भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले एउटामा जित र अर्कोमा हार व्यहोरेको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो । 

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : १५ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन