नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित « Khabarhub

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो । 

जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ शेखले ३४ र विनोद भण्डारीले ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । आसिफले ३१ बलमा ६ चौका प्रहार गर्दै ३४ रन जोडे ।

 टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्वे ए टोलीलाई ३१ ओभर ५ बलमा समेट्न सफल भयो । जिम्बाब्वे एले ३१ ओभर ५ बलमा केवल ८७ रन बनाउन सफल भयो । जिम्बाब्वेलाई सस्तैमा समेट्न नेपालका करन केसी र सोमपाल कामीले ३–३, सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए । 

नेपाल र जिम्बाब्वे ए बीचको सिरिजअन्तर्गतको तेस्रो एकदिवसीय खेल बैशाख २६ गते हुनेछ । यसअघि भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले एउटामा जित र अर्कोमा हार व्यहोरेको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो । 

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : १५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका