निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री बिक्री वितरणमा रोक « Khabarhub

निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री बिक्री वितरणमा रोक


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री बिक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । ३० वैशाखमा हुने हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिराजन्य सामग्रीहरूको बिक्री वितरणमा पूर्ण रुपमा बन्द गर्न कार्यालयले उर्दी जारी गरेको हो ।

निर्वाचन प्रचार प्रसारमा रक्सी पिएर हिंसात्मक गतिविधि हुन सक्ने आँकलन गर्दै प्रशासनले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार रात्रिकालीन व्यवसायमासमेत कडाइ गरिएको छ ।

पोखराका पर्यटन व्यवसायीसँगको छलफलपछि उक्त निर्णय गरिएको हो । व्यवसायीले सरकारको निर्देशन पालना गर्ने बचन दिएका छन् । वैशाख २७ गते राति १२ बजेपछि मौन अवधिभर मदिना बिक्री वितरण पूर्णरूपमा बन्द गरेर मात्रै व्यावसाय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

प्रशासनले विज्ञप्ति निकालेर रक्सीजन्य पदार्थ नबेच्न भनेको छ । 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ३ : ०४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर