२८ वर्षपछि मासपुरवासीले पाए लालपूर्जा « Khabarhub

२८ वर्षपछि मासपुरवासीले पाए लालपूर्जा


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट- हुम्लाको दुर्गम वस्तीका रुपमा चिनिने ताजाकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयवासीले २८ वर्षपछि लालपूर्जा पाएका छन् । 

विसं २०५० फागुन १९ मा मासपुरका मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपूर्जा पाएका हुन् । पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति–७ बँदेलचौरमा एक माना चामल र नुन लिएबापत जग्गाको तिरो तिर्दै आएका उनीहरूले २८ वर्षपछि भए पनि जग्गाको लालपूर्जा पाएकोमा खुसी भएको स्थानीयवासी ९२ वर्षीय दलवीर बुढाले बताउनुभयो । मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपूर्जा लिन जग्गाधनी नै नआएको बताएको छ । 

अनुगमनका क्रममा ताजाकोट गाउँपालिका जाँदा स्थानीयवासीले लालपूर्जा नपाएको गुनासो गरेका थिए। तर गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीयवासी नआएका कारण पाउन नसकेको मालपोत कार्यालयले जनाएको छ । १२ घरधुरीलाई गतवर्ष चैतमै लालपूर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ ।

 गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपूर्जा वितरण गरिएको कार्यालयले जनाएको छ । दुई घरधुरीले सुरुमै लालपूर्जा लिइसकेका भए पनि अन्यले हालसम्म लालपूर्जा पाएका थिएनन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ३ : ३१ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’