गठबन्धनलाई सफल पारी प्रजातन्त्रलाई स्थायी रूपमा बचाउनु पर्छ : देउवा | Khabarhub Khabarhub

गठबन्धनलाई सफल पारी प्रजातन्त्रलाई स्थायी रूपमा बचाउनु पर्छ : देउवा


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उद्देश्य गठबन्धनलाई सफल पार्ने भएको स्पष्ट पारेका छन् ।

देउवाले तनहुँको दमौलीमा कांग्रेसद्वारा आयोजित चुनावीसभामा गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताए ।

उनले भने, ‘गठबन्धनलाई सफल पार्नुछ । गठबन्धनलाई असफल पार्ने तत्वहरू लागेका छन् । स्वदेशी विदेशी जोसुकै हुन, गठबन्धनलाई सफल पार्ने एउटा मात्रै उद्देश्य नेपाली कांग्रेससँग छ । नेपाली कांग्रेसले कुनै पनि हालतमा गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई स्थायी रूपमा बचाउनु पर्छ ।’

उनले स्थानीय तह निर्वाचन हुन्छ हुँदैन भन्दाभन्दै हुन लागेको बताए । ‘स्थानीय तह निर्वाचन हुने माहोल बनेको छ । चुनाव हुन्छ र हुँदैन भन्दाभन्दै हुने भयो त । कसैले पत्याएका थिएनन् । गठबन्धनको एउटै उद्देश्य छ स्थानीय पालिकादेखि राष्ट्रियसम्म जाने,’ उनले भने ।

उनले तनहुँमा गठबन्धनलाई अत्यधिक बहुमतले जिताउन पनि आग्रह गरे । तनहुँमा सत्तारुढ दलबीच दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । दलहरूको आ–आफ्नै अडानका कारण जिल्लाको अन्य आठ स्थानीय तहमा गठबन्धन भएन् ।

भाषणको अन्तिममा उनले फेरि गठबन्धनलाई सफल पार्न आह्वान गरे । ‘अन्तमा मलाई धेरै भन्नु पनि छैन । आजै यहाँबाट जनकपुर जानु छ, काठमाडौँ फर्कनुछ । भोलि दाङ पोखरा जाने भएकाले धेरै बोल्न नसकेकोमा म माफी चाहान्छु । यति भन्दै फेरि पनि भन्छु म गठबन्धनलाई सफल पारौँ । गठबन्धनलाई सफल पारौँ । गठबन्धनको खिलाफमा लागेका तत्वलाई गठबन्धनलाई जिताएर दबाब दिन पनि हार्दिक अनुरोध गर्न चाहन्छु ।’

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ३ : ३३ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका