आफ्नै प्रहरी नभएको गण्डकी प्रदेशले बनायो प्रहरी परिचालन रणनीति | Khabarhub Khabarhub

आफ्नै प्रहरी नभएको गण्डकी प्रदेशले बनायो प्रहरी परिचालन रणनीति


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाबाट २०७७ सालमै प्रहरी ऐन पारित भएको थियो । संघीय सरकारले प्रहरी समायोजन समयमै नगरिदिएका कारण अहिले एउटा मन्त्रालयनै कामविहीन बनेको छ । आन्तरिक मामिला मन्त्रालयको मुख्य जिम्मा प्रहरी परिचालन र शान्ति सुव्यवस्था कायम गर्ने हो । तर, प्रहरी सबै संघ सरकारको छ, मन्त्रालयले काम पाएको छैन ।

नेपालको संविधानमा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रदेश सरकारको अधिकार सूचीमा उल्लेख छ । त्यसैका लागि प्रदेश सरकारले प्रहरी ऐन निर्माण गरेको छ । हालसम्म ऐन नै कार्यान्वयनमा छैन । तर, प्रदेश सरकारले आउँदो तीन वर्षका लागि प्रहरीको रणनीतिक योजना तय गरेको छ ।

प्रहरीको नयाँ संगठनको संचालन, सुपरिवेक्षण र समन्वयका लागि रणनीति बनाएको सरकारले जनाएको छ ।

मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा निर्देशन समिति गठन भएको थियो भने सोही समितिले नियमावलीको मस्यौदा तर्जुमा र रणनीतिक योजनाको मस्यौदा तयार गरेको हो ।

समितिले तयार गरेको गण्डकी प्रदेश प्रहरीको त्रिवर्षीय रणनीतिक योजनाको मस्यौदा मुख्यमन्त्रीलाई पेस गरिएको छ ।

मस्यौदा लिँदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयनको पाँच वर्ष पुग्नै लाग्दासमेत प्रहरी समायोजन हुन नसक्नु दुःखद् भएको बताए ।

उनले संघीय सरकारले प्रदेशलाई नपत्याएको गुनासो गरे ।

यसअघि सरकारले हाल चलिरहेको प्रहरी संरचनाभन्दा नयाँ ढंगबाट प्रहरी परिचालन गर्ने गरी ऐन बनाएको छ ।

अहिले तयार गरिएको नियमावली र रणनीति प्रदेश सभामा पेश गर्न बाँकी छ । सभाबाट पास भएपछि मात्रै कार्यान्वयनमा आउँछ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : ४३ बजे

सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन

काठमाडौँ- सामाजिक सञ्जालको मातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा

भारतका प्रधानन्यायाधीश नेपालमा 

काठमाडौं– भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल

रामकुमारीको तर्क- वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बने

काठमाडौँ- प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द

भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं– बुधबारदेखि भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी)मा भारी