पुराना नेता र पार्टीहरूबाट अब देशको विकास सम्भव छैन : लिङ्देन « Khabarhub

पुराना नेता र पार्टीहरूबाट अब देशको विकास सम्भव छैन : लिङ्देन


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना नेता र पार्टीहरूबाट अब देशको विकास सम्भव नभएको भन्दै विकल्प रोज्न आग्रह गरेका छन् ।

अहिले राप्रपा नयाँ विकल्प बनेर आएको उनकाे भनाइ छ ।

‘कांग्रेसलाई अब कति पटक भोट दिएर देश बन्छ होला ? एमाले, माओवादीलाई कति पटक मौका दिए बन्छ होला ? ३० वर्षदेखि हेर्‍यौँ । मैले आलोचना गर्न भनेको होइन,’ उनले भने, ‘कुनै कांग्रेसको साथीले भन्न सक्छ ? शेरबहादुर देउवालाई कति चोटि थपिदियो भने देश बन्छ होला ? केपी ओली, प्रचण्डहरूलाई कति पटक दियो भने देश बन्न सक्छ होला ? एमाले, माओवादीका साथीले भन्न सक्छ ?’

उनले पुरानै पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थापेजस्तै हुने तर्क गरे । ‘फेरि मलाई भन्न मन लाग्छ, यिनै नेता र पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै हो । साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ ? आउँदैन,’ उनले भने, ‘त्यै भएर अहिले मुख्य विकल्प भनेको राप्रपा हो । खुलेर आउन मन हुनेहरूले खुलेरै सहयोग गर्नुस्, खुल्न नसक्नेले आफ्नै पार्टीमा बसेर हलोमा भोट हाल्नुस् ।’

पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले एमालेलाई जनताले ८ वटै सरकारको नेतृत्व गर्ने जनमत दिए पनि त्यसलाई थाम्न नसकेको आरोप लगाउँदै उनीहरूलाई भोट दिन नहुने बताए । ‘नेपाली जनताले कम्युनिस्ट पार्टीलाई ८ वटै सरकारको नेतृत्व गर्न दिएको होइन ? यो कम्युनिस्टको सरकार कांग्रेसले ढालेको हो ? राप्रपाले ढालेको हो ? जनताले ढालेको हो ?,’ अघि भन्छन्, ‘त्यो मतलाई ५ वर्ष थामेर खान सक्दैनन् । एमाले भन्ने पार्टीलाई कति सिट दियो भने सरकार थामेर खान सक्लान् ? त्यसकारण कसैले पनि गल्ती गर्न हुँदैन । भुल गर्ने छुट छैन ।’

आफूले कुरा मात्रै नभई कामै गरेर देखाइदिने लिङ्देनको दाबी छ । ‘कांग्रेस, एमाले, माओवादीका बाठा साथीहरूले भन्नुहोला हामीले नसकेको काम राजेन्द्रले गर्न सक्छ ? हामी कर बढाउने होइन, हामीले चुनाव जितेको स्थानीय तहमा ५० प्रतिशत कर कटौती गरेर देखाइदिन्छौं,’ भन्छन्, ‘त्यसैले के कांग्रेस, के एमाले, के माओवादी, के जसपा एक पटक राप्रपालाई भोट दिनुस् । आफ्नो पार्टीको नेता आउँदा धुरीको झण्डा देखाइदिनुस् । भोट चाहिँ चुपचाप हलोमा हान्नुस् है ।’

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : ४१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको