पुराना नेता र पार्टीहरूबाट अब देशको विकास सम्भव छैन : लिङ्देन « Khabarhub

पुराना नेता र पार्टीहरूबाट अब देशको विकास सम्भव छैन : लिङ्देन


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना नेता र पार्टीहरूबाट अब देशको विकास सम्भव नभएको भन्दै विकल्प रोज्न आग्रह गरेका छन् ।

अहिले राप्रपा नयाँ विकल्प बनेर आएको उनकाे भनाइ छ ।

‘कांग्रेसलाई अब कति पटक भोट दिएर देश बन्छ होला ? एमाले, माओवादीलाई कति पटक मौका दिए बन्छ होला ? ३० वर्षदेखि हेर्‍यौँ । मैले आलोचना गर्न भनेको होइन,’ उनले भने, ‘कुनै कांग्रेसको साथीले भन्न सक्छ ? शेरबहादुर देउवालाई कति चोटि थपिदियो भने देश बन्छ होला ? केपी ओली, प्रचण्डहरूलाई कति पटक दियो भने देश बन्न सक्छ होला ? एमाले, माओवादीका साथीले भन्न सक्छ ?’

उनले पुरानै पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थापेजस्तै हुने तर्क गरे । ‘फेरि मलाई भन्न मन लाग्छ, यिनै नेता र पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै हो । साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ ? आउँदैन,’ उनले भने, ‘त्यै भएर अहिले मुख्य विकल्प भनेको राप्रपा हो । खुलेर आउन मन हुनेहरूले खुलेरै सहयोग गर्नुस्, खुल्न नसक्नेले आफ्नै पार्टीमा बसेर हलोमा भोट हाल्नुस् ।’

पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले एमालेलाई जनताले ८ वटै सरकारको नेतृत्व गर्ने जनमत दिए पनि त्यसलाई थाम्न नसकेको आरोप लगाउँदै उनीहरूलाई भोट दिन नहुने बताए । ‘नेपाली जनताले कम्युनिस्ट पार्टीलाई ८ वटै सरकारको नेतृत्व गर्न दिएको होइन ? यो कम्युनिस्टको सरकार कांग्रेसले ढालेको हो ? राप्रपाले ढालेको हो ? जनताले ढालेको हो ?,’ अघि भन्छन्, ‘त्यो मतलाई ५ वर्ष थामेर खान सक्दैनन् । एमाले भन्ने पार्टीलाई कति सिट दियो भने सरकार थामेर खान सक्लान् ? त्यसकारण कसैले पनि गल्ती गर्न हुँदैन । भुल गर्ने छुट छैन ।’

आफूले कुरा मात्रै नभई कामै गरेर देखाइदिने लिङ्देनको दाबी छ । ‘कांग्रेस, एमाले, माओवादीका बाठा साथीहरूले भन्नुहोला हामीले नसकेको काम राजेन्द्रले गर्न सक्छ ? हामी कर बढाउने होइन, हामीले चुनाव जितेको स्थानीय तहमा ५० प्रतिशत कर कटौती गरेर देखाइदिन्छौं,’ भन्छन्, ‘त्यसैले के कांग्रेस, के एमाले, के माओवादी, के जसपा एक पटक राप्रपालाई भोट दिनुस् । आफ्नो पार्टीको नेता आउँदा धुरीको झण्डा देखाइदिनुस् । भोट चाहिँ चुपचाप हलोमा हान्नुस् है ।’

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : ४१ बजे

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि