आईपीएल : राजस्थानद्वारा पन्जाब पराजित « Khabarhub

आईपीएल : राजस्थानद्वारा पन्जाब पराजित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ क्रिकेट प्रतियोगितामा सातौँ जित निकालेको छ ।

जितसँगै तेस्रो स्थानमा रहेको राजस्थानले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

मुम्बईमा १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानको जितमा यशस्वी जैसवालले सर्वाधिक ६८ रन बनाए । यस्तै, देवदत्त पाडिक्कल र शिम्रन हेटमायरले समान ३१ रन बनाउँदा जस बटलरले ३० रन बनाए ।

पन्जाबका अर्शदीप सिंहले २ विकेट तथा कागिसो रबाडा र ऋषि धवनले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनायो ।

पन्जाबका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ५६ रन बनाए । यस्तै जितेश शर्माले ३८ रन बनाउँदा भानुका राजपक्षे २७ रनको योगदान गरे ।

राजस्थानका युजभेन्द्र चहलले ३ विकेट लिए । यस्तै प्रसिद्ध कृष्ण र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।

जितसँगै राजस्थान ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । पन्जाब ११ खेलबाट १० अंक सहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ९ : १० बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव