विराटनगरले गौरवशाली इतिहास पुन:स्थापित गर्नेछ : ओली « Khabarhub

विराटनगरले गौरवशाली इतिहास पुन:स्थापित गर्नेछ : ओली


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताएका छन् ।

एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज सम्बोधन गर्दै उनले विराटनगरलाई औद्योगिक नगरीका रूपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

राजनीतिक रूपमा पनि विशेष महत्व बोकेको यो स्थानमा पहिलोपटक रेडियो नेपाल स्थापना भएको स्मरण गर्दै उनले भने, “सही ढङ्गले विकास गर्ने जनप्रतिनिधि नहुँदा मुलुक अधोगतिमा जानेछ ।” आफ्नो तीनवर्षे शासनकालमा मधेशमा हुलाकी सडक, शिक्षाबाट वञ्चितलाई भर्ना अभियान सञ्चालन गरेको स्मरण गराउँदै उनले भने, “मधेशमा आगामी दुई वर्षमा एक लाख ८५ हजार बिघा जग्गा सिँचाइ हुने सुनकोसी मरिन ड्राइभ निर्माण, ज्येष्ठ नागरिक भत्ता, विद्युत्भार कटौतीको अन्त्य जस्ता कार्य गरेको छु ।”

पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन दल बहुदलीय प्रतिस्पर्धामा एमालेसँग डराएकाले स्थानीय पालिका निर्वाचनमा विभित्र स्थानमा उम्मेदवारी दिन नसकेको आरोपसमेत लगाए । उनले जनताका पक्षमा जान कार्यकर्तालाई निर्देशन दिँदै यही वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारहरूले अत्यधिक सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।

उनले चेतनाको आन्दोलनको नेतृत्व गरेको विराटनगर महानगरपालिकादेखि आसपासका क्षेत्रमा पनि विजयी हुने दाबी गरे ।

सभामा एमालेबाट महानगरका प्रमुखका उम्मेदवार सागर थापा र उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्कीलगायतले विराटनगरलाई दोस्रो ठूलो सहर बनाउने सङ्कल्पमा निजी क्षेत्रको सहयोग लिने भन्दै यो क्षेत्रको विकास गरी आर्थिक क्षेत्रको चलायमन बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ३४ बजे

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर