मापसे गरी सवारी साधनमाथि कडाइ, सोमबार १५२ चालकलाई कारवाही « Khabarhub

मापसे गरी सवारी साधनमाथि कडाइ, सोमबार १५२ चालकलाई कारवाही


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्ला दिन काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढेको पाइएको छ ।

ट्राफिक प्रहरीले सोमबार मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने १५२ जना चालकलाई कारवाही गरेको छ । आइतबार यो संख्या १४८ रहेको थियो ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार एकैदिन २ हजार ३६८ जना सवारी चालकलाई कारवाही गरेको थियो । विभिन्न ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १५२ जना, तिब्र गतीमा सवारी साधन चलाउने १२२ जना र लेन उल्लंघन गर्ने १०७ जना रहेका छन् ।

यस्तै सोमबार नै जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९५ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना, क्षमता भन्दा बढी यात्रु राख्ने ३५ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना चालकलाई पनि कारवाही गरिएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ११ : ५५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि