मापसे गरी सवारी साधनमाथि कडाइ, सोमबार १५२ चालकलाई कारवाही « Khabarhub

मापसे गरी सवारी साधनमाथि कडाइ, सोमबार १५२ चालकलाई कारवाही


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्ला दिन काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढेको पाइएको छ ।

ट्राफिक प्रहरीले सोमबार मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने १५२ जना चालकलाई कारवाही गरेको छ । आइतबार यो संख्या १४८ रहेको थियो ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार एकैदिन २ हजार ३६८ जना सवारी चालकलाई कारवाही गरेको थियो । विभिन्न ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १५२ जना, तिब्र गतीमा सवारी साधन चलाउने १२२ जना र लेन उल्लंघन गर्ने १०७ जना रहेका छन् ।

यस्तै सोमबार नै जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९५ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना, क्षमता भन्दा बढी यात्रु राख्ने ३५ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना चालकलाई पनि कारवाही गरिएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ११ : ५५ बजे

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन