मतदान गराउने जिम्मा सरकारको होइन, निर्वाचन आयोगको हो : गृहमन्त्री खाँण | Khabarhub Khabarhub

मतदान गराउने जिम्मा सरकारको होइन, निर्वाचन आयोगको हो : गृहमन्त्री खाँण


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले मतदान गराउने जिम्मा सरकारको नभई निर्वाचन आयोगको भएको भन्दै निर्वाचन निष्पक्ष र स्वच्छ भएको बताएका छन् । एमाले सांसद लालकुमार थापाले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न सरकारकै निर्देशनमा भएको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको राजीनामा माग गरेका थिए । सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले सरकारले मतदान नरोकेको, सुरक्षाकर्मीले मतगणना प्रभावित नपारेको भन्दै निर्वाचनको परिणाममा आशंका नगर्न आश्वस्त पारेका छन् ।

उनले स्थानीय तहका नयाँ जनप्रतिनिधिलाई सफलताको शुभकामना दिँदै सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर रहेको भन्दै केही छिटपुटका घटना भएका भए त्यसमा छलफल गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १२ : ५३ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको