बर्दिया घटनाबारे संसद्मा गृहमन्त्रीको जवाफ– गोली हान्ने आदेश नै छैन (भिडियोसहित) « Khabarhub

बर्दिया घटनाबारे संसद्मा गृहमन्त्रीको जवाफ– गोली हान्ने आदेश नै छैन (भिडियोसहित)


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउन सरकारको आदेश नभएको स्पष्ट पारेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।  प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उनको धारणा छ । ‘नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा सम्झाइबुझाइ गर्ने बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन’ । उनले भने 

 बर्दियामा कसरी गोली चल्यो र एक जनाको मृत्यु भयो भन्नेबारे छानबिन गर्नका लागि गृहले ५ सदस्यीय छानबिन समिति गठन  गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले समितिलाई सात दिनमा घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी गराएका छन् ।  बर्दियाको मधुवन नगरपालिका–२ मा बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो।

गृहमन्त्री खाँणले वन्यजन्तु आक्रमणबाट मानिसलाई जोगाउनका लागि दीर्घकालीन नीति तय गरी काम गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १ : ५२ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले