संघले गठन गर्‍यो छानबिन समिति   « Khabarhub

संघले गठन गर्‍यो छानबिन समिति  


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र पत्रकार संघकी सदस्य रीना मोक्तानले पाँच वर्ष अगाडि आफूमाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति हाल चलचित्र पत्रकार संघको पदाधिकारी रहेको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेपछि यस विषयमा संघको ध्यानाकर्षण भएको छ । संघका अध्यक्ष दिनेश सिटौलाले एक विज्ञप्ति जारी गर्दै संघ आफ्ना सदस्यहरू तथा जोकोहीमाथि हुने सबै प्रकारका दुर्व्यवहार तथा हिंसाको विरुद्धमा सदैव दृढतापूर्वक उभिँदै आएको बताएका छन् ।

आफ्नो सदस्य माथि पदाधिकारीद्वारा नै यौन दुर्व्यवहार भएको जानकारी पाएपछि बसेको आकस्मिक बैठकले सदस्य मोक्तानसँग आधिकारिक रुपमा जानकारी लिन र छानबिन गर्न समिति समेत गठन गरेको छ । संघकी कार्यसमिति सदस्य सुरक्षा भट्टराईको संयोजकत्वमा श्रृष्टी पोखरेल, गोपीकृष्ण चापागाईँ, अञ्जना दाहाल र आशिष ओली सदस्य रहेको गठित समितिले छानविन गरेर बुझाउने प्रतिवेदनको आधारमा संघले निर्णय लिने अध्यक्ष सिटौलाले बताए । उनले संघले आफ्नो सदस्यहरूको हकहितका लागि सदैव साथ रहेको समेत बताए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ४ : ४२ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम