अप्पर सोलुको आईपीओ भर्ने अन्तिम दिन आज  « Khabarhub

अप्पर सोलुको आईपीओ भर्ने अन्तिम दिन आज 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ ।

मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणमा वितरण गर्न लागेको रु. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये  कम्पनीले ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी सम्पूर्ण  बैंक तथा वित्तीय संस्थाहरू र तीनका शाखा कार्यालयहरूबाट साथै मेरो सेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ९ : ५८ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच