साझाका बिजुली बस आजदेखि चल्ने, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

साझाका बिजुली बस आजदेखि चल्ने, यस्ता छन् विशेषता


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साझा यातायातले नेपालमा पहिलो पटक बिजुली बस चलाउन सुरु गर्दैछ । इन्धनको भाउ आकासिएसँगै साझाले सुविधा सम्पन्न बिजुली बस चलाउने भएको हो।

रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्ट रुटमा २ वटा बस चल्ने छन् भने लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा अर्को बस गरी तीन वटा चल्नेछ ।

बसका चालक र सहचालक महिला हुने कम्पनीले जनाएको छ ।

यस्ता छन् विशेषता
यसको मुख्य विशेषता भनेको अपाङ्गमैत्री हो । अपाङ्गता भएकाहरू ह्वील चियरको सहायताले चढ्न/ओर्लन सक्ने छन् भने उनीहरुलाई छुट्टै सिटको व्यवस्था गरिएको छ।

चालक, परिचालक, अपाङ्गता, महिला सिट, ज्येष्ठ नागरिक गरी बसमा २६ वटा सिट छ। उभिएर यात्रा गर्न परे ह्यान्डल बार राखिएको छ ।

यी बसमा चोरी डकैती, पकेटमारको समस्याबाट यात्रु मुक्त हुने छन् । सीसीटीभी, टिभी, जडान गरिएकाले पूर्ण सुरक्षाको प्रत्याभूत यात्रुले गर्ने छन्  ।

यात्रा अवधिमा यात्रुलाई एक्लो महसुस हुने छैन ।

बसमा वाइफाइको सुविधा छ ।

फोहर व्यवस्थापनको लागि डस्टविन पनि छ।

यात्रु ओर्लने सुचना दिनको लागि विशेष बटमको सुविधा छ । त्यो वटम यात्रुले आफ्नो स्थान आउने बित्तिकै थिच्न सक्छन्  ।

१ सय ६१ दशमलव २८ किलो वाटको बसको ब्याट्रीलाई ५ घण्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्ने बताइएको छ।

यस्ता बसहरू थप्दै जाने साझाको तयारी छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ११ : २२ बजे

वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने 

मैनापोखरी– दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाले नेपाली हिन्दु नारीहरूको

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी