के हुँदैछ ‘राउडी राठौर’ को सिक्वेल ?  « Khabarhub

के हुँदैछ ‘राउडी राठौर’ को सिक्वेल ? 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमारको समय केही समय यता ठिकठाक छैन । उनले अभिनय गरिरहेको फिल्मले दर्शकको साथ पाउन सकेको छैन ।

रिलिज भएका प्राय फिल्मले एक सय करोडको अंक कटाउने अक्षयको फिल्म पछिल्लो समय निर्माण लागतमा मात्र त्यो संख्या कटाउन सफल छ । अर्थात् फिल्मको लागतको २५ प्रतिशत पनि आर्जन गर्न सकेको छैन ।

यसैले गर्दा केही समय यता रोकिएको उनी अभिनीत हिट फिल्म ‘राउडी राठौर’को सिक्वेलको काम अगाडी बढाएका छन् । केवी विजयेन्द्र प्रसादले केही समय अगाडी नै हिन्दी भाषाको लागि सिक्वेल लेखिरहेको बताएका थिए ।

यद्यपि अक्षयको व्यस्तताले गर्दा फिल्मको काम अगाडी बढ्न सकेको थिएन । सञ्जयलीला भन्सालीको निर्माण रहेन फिल्मको सिक्वेलको काम तीव्र गतिमा अगाडी बढिरहेको छ।

फिल्मको सिक्वेलमा अघिल्लो सिरिजका अभिनेता अक्षय कुमार र अभिनेत्री सोनाक्षी सिन्हा नै दोहोरिने बताइएको छ । दुवैको ‘शिवा’ र ‘पारो’ नै नाम हुनेछ, जुन अघिल्लो फिल्ममा थियो । फिल्मको कथा भने अघिल्लो फिल्मको अन्त्यबाट हुने छैन । किनकि सिक्वेलको कथा अलग हुनेछ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ११ : ३२ बजे

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ

भूमिगत जल दोहनको असर : मधेसमा खानेपानी र कृषि दुवै संकटमा

काठमाडौं– जल भण्डारको भरपर्दो र व्यावहारिक स्रोतका रूपमा रहेको भूमिगत

अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्छौँ : शेरधन राई

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेशमा पार्टी अध्यक्ष

जागरण अभियान सञ्चालन गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी

सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा