गगन भन्छन्, ‘विदेशी लगानीमा सीमा नराखौँ’ « Khabarhub

गगन भन्छन्, ‘विदेशी लगानीमा सीमा नराखौँ’


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्नु पर्ने बताएका छन् । कफी पारखीहरू माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडमड कफीको १३ औँ आउटलेटको शुभारम्भ गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

‘रेडमडले भित्राएको जस्तै वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्न वैदेशिक लगानीका लागी आवश्यक नीति नियमको लागी पहल  गर्छु’ थापाले भने । उनले वैदेशिक लगानी नेपालमा भित्र्याउने बाटो सरल र सहज हुनु पर्नेमा जोड दिए। ‘प्रवासी नेपालीले लगानी गर्छन् भने लगानी न्यूनतम यति भन्ने राख्नु हुन्न । विदेशीको हकमा एक करोडसम्म राख्न सकिएला । लगानीको सीमा भन्दा पनि कहाँ लगानी गर्न पाइने, कहाँ नपाइने भन्ने छुट्टाउनु पर्छ’ गगनले भने ।

उनले ५ करोड न्यूनतम लगानीको सीमाले गर्दा धेरै एनआरएनहरुले स-साना लगानी गर्न नपाएको बताए । उनले युवापुस्तालाई स्वदेशमा रहेर नै लगानी गर्ने वातावरण आफूहरूको दायित्व रहेको समेत बताए । ‘युवाले गर्ने लगानी वा सञ्चालन गर्ने व्यवसाय मार्फत नै विकसित हुँदै अगाडी बढ्ने हो । पछिल्लो समय विदेशमा रोजगारीको लागि बढिरहेको आकर्षणलाई कम गर्न युवाहरू उद्यमी बन्नु जरुरी छ’ नेता थापाले भने । नेता थापासँगै शुभारम्भ कार्यक्रममा पुगेकी मिस इन्टरनेशनल नेपाल २०१७ नीति शाहले युवापुस्तालाई आकर्षण गर्न युवा नै व्यवसायमा आउनु पर्नेमा जोड दिइन् ।

कफी पारखीका लागि आकर्षक एम्बियन्स र शान्त वातावरण सहितको सेवा रेडमड ११ वर्षअघि काठमाडौँको थापाथलीमा पहिलो आउटलेट खोलेर सञ्चालनमा आएको थियो। विस्तार हुने क्रममा रहेको रेडमडले आफ्नो १३ औँ शाखा टुसाल,बौद्धमामा खोलेको हो।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ५ : २९ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय