थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात « Khabarhub

थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसिया भ्रमणपछि थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटी अभ्यास खेलमा स्थानीय कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ अन्तरले पराजित भएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेलमा एनआरटीले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सफल भएन । एनआरटीको लागि संजोक राई र विदेशी खेलाडी स्टेफन समिरले एक एक गोल गरे । 

संजोकले ३२ औँ मिनेटमा गोल गरेका थिए भने स्टेफनले ४८औँ मिनेटमा दोस्रो गोल गरे । युनिभर्सिटीका लागि चायसर्न, सुचोन सान्गुआन्दी, सेउङ चान्मुन, सुपकृत पेटसन र थिरासक खम्राङसीले एक एक गोल गरे । 

यसपछि एनआरटीले शीर्ष डिभिजनको चोनबुरी एफसी र थोनबुरी एफसीसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । 

यसअघि मलेसियामा एनआरटीले टीवाईसी कपमा दुई खेल खेलको थियो । दुबै खेलमा पराजित एनआरटीले १० गोल बेहोर्दा १ गोल फर्काएको थियो । 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ०८ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप