सडकमा पानीको दह « Khabarhub

सडकमा पानीको दह


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वरपरको सडक ठिकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एक छिन रोकिएर मात्र जाने गर्छन् ।

यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानी पोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौँ सवारी एवं पैदल यात्रुले सास्ती भोग्नुपरेको छ । हप्तौँदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ । ग्राभेल हालेर सडक नबनाउँदा पैदल यात्रामा कठिनाइ भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गरे।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परेका हुन् । जसका कारण स्थानीयवासीले आयोजनालाई गाली गरिरहेका छन् ।

निर्देशनालयका सूचना अधिकारी एवं आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठ यो सडक कालोपत्र हुने क्रममा रहेको बताउँछन्। वर्षात्का कारण केही समय काम रोकिए पनि छिट्टै काम सम्पन्न हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : २९ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप