६० वर्ष भन्दामाथिका नागरिकका लागि आयुर्वेदिक शिविर सञ्चालन « Khabarhub

६० वर्ष भन्दामाथिका नागरिकका लागि आयुर्वेदिक शिविर सञ्चालन


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–३ को खगालगाउँका ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई खर्कमा अर्कमै पुगेर निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कविराज कृष्णचन्द्र जोशीले बताए । ज्येष्ठ नागरिकलाई टाढा जान पनि कठिन हुने भएका कारण आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको शिविरमा १०९ जना ज्येष्ठ नागरिकलाई उपचार गरिएका आयुर्वेद स्वास्थ्य कार्यालय हुम्लाको स्रोतले जानकारी दिएको छ  ।

आयुर्वेद स्वास्थ्य शिविरमा विशेष गरी बाथ, दम, अम्मलपित्त, छालाको रोग, ज्वरो आउने र दिसा पिसाब सम्बन्धीका बिरामीको उपचार गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त जोशीले बताए ।

नाम्खा गाउँपालिका–३ को खगालगाउँको खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको  शिविरमा निःशुल्क वितरण गरिएका औषधिमा अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, च्यवनप्रास अवलेह, मायोष्टाइल जेल, कैशोर गुग्गुलु, चन्द्रप्रभा वटी, शिलाजित, ज्येष्ठवासादी चूर्ण, कासारिन, माधुरी सिरप, मृगमदासव, सितोपलादि चूर्ण, ईम्युनोकेयर र महासुदर्शन चूर्ण रहेका छन् ।

 हुम्लामा पछिल्लो समय जिल्लामा आयुर्वेदिक उपचार विधिमा बिरामीको आकर्षण बढिरहेका बेला केन्द्रको आयोजनामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर  गाउँका ज्येष्ठ नागरिकलाई खर्कमै पुगेर उपचार गरिएको हो ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ३५ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप