६० वर्ष भन्दामाथिका नागरिकका लागि आयुर्वेदिक शिविर सञ्चालन « Khabarhub

६० वर्ष भन्दामाथिका नागरिकका लागि आयुर्वेदिक शिविर सञ्चालन


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–३ को खगालगाउँका ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई खर्कमा अर्कमै पुगेर निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कविराज कृष्णचन्द्र जोशीले बताए । ज्येष्ठ नागरिकलाई टाढा जान पनि कठिन हुने भएका कारण आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको शिविरमा १०९ जना ज्येष्ठ नागरिकलाई उपचार गरिएका आयुर्वेद स्वास्थ्य कार्यालय हुम्लाको स्रोतले जानकारी दिएको छ  ।

आयुर्वेद स्वास्थ्य शिविरमा विशेष गरी बाथ, दम, अम्मलपित्त, छालाको रोग, ज्वरो आउने र दिसा पिसाब सम्बन्धीका बिरामीको उपचार गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त जोशीले बताए ।

नाम्खा गाउँपालिका–३ को खगालगाउँको खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको  शिविरमा निःशुल्क वितरण गरिएका औषधिमा अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, च्यवनप्रास अवलेह, मायोष्टाइल जेल, कैशोर गुग्गुलु, चन्द्रप्रभा वटी, शिलाजित, ज्येष्ठवासादी चूर्ण, कासारिन, माधुरी सिरप, मृगमदासव, सितोपलादि चूर्ण, ईम्युनोकेयरमहासुदर्शन चूर्ण रहेका छन् ।

 हुम्लामा पछिल्लो समय जिल्लामा आयुर्वेदिक उपचार विधिमा बिरामीको आकर्षण बढिरहेका बेला केन्द्रको आयोजनामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर  गाउँका ज्येष्ठ नागरिकलाई खर्कमै पुगेर उपचार गरिएको हो ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ३५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।