आगामी निर्वाचनका लागि दल दर्ता आजदेखि « Khabarhub

आगामी निर्वाचनका लागि दल दर्ता आजदेखि


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज निर्वाचन आयोगले दल दर्ता सुरु गर्दैछ। आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ ।

आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो ।

दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : ४९ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको