नेपाल-भारत सीमालाई व्यवस्थित बनाउन माग « Khabarhub

नेपाल-भारत सीमालाई व्यवस्थित बनाउन माग


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुल्ला सिमानालाई अझै व्यवस्थित र सहज बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन् ।

नेपाल-भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना गरेको ‘बद्लिँदो परिबेसमा नेपाल भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो धारण राखेका हुन् ।

कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीब झाले परापूर्व कालदेखि नेपाल र भारतबीच रोटी-बेटीको सम्बन्ध रहेको भन्दै यी दुई देशको सिमानामा तारबार लगाउन नहुने बताए ।

दुई देशका सरकारबीच मात्र नभई दुई देशका नागरिकबीच आर्थिक सामाजिक, सांस्कृतिक सम्बन्ध रहेको बताउँदै अध्यक्ष झाले तारबार लगाउनु भन्दा सिमानालाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताए ।

‘सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक रहनसहन र रीतिरिवाज एक नासको रहेको छ,’ अध्यक्ष झाले भने, ‘यसलाई अझ बलियो बनाउन दुवै देशका सरकारका साथै दुवै देशका नागरिकको भूमिका महत्त्वपूर्ण छ ।

नेपाल-भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमा रेखा रहेको अध्यक्ष झाले बताए। कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीकी नेतृ बीभा ठाकुरले नेपाल र भारतको रामायणकालदेखि वर्तमानसम्म अटुट सम्बन्ध रहेको बताइन् ।

दुई देशका जनताबीच सौहार्दपूर्ण सम्बन्धकै कारण समाजमा विवाह जस्तो पवित्र सम्बन्ध गासिने चलन पौराणिककालदेखि हुँदै आएको उल्लेख गर्दै नेतृ ठाकुरले भनिन्, ‘विवाहमा उपहार स्वरुप बनाउने समानहरुलाई सिमानामा सहज रुपमा ओहरदोहरको व्यवस्था हुनुपर्छ ।’

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : १५ बजे

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं– युरोपेली संघ ईयूले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर