साउदीमा श्रम कानुन उल्लङ्घन गर्ने ९ कामदारको लाइसेन्स रद्द  | Khabarhub Khabarhub

साउदीमा श्रम कानुन उल्लङ्घन गर्ने ९ कामदारको लाइसेन्स रद्द 



दोहा – नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरबमा श्रम कानुन उल्लङ्घन गर्ने ९ कामदार भर्ती कार्यालयको लाइसेन्स रद्द गरेको छ ।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले ९ भर्ती कार्यालयको लाइसेन्स फिर्ता लिन र अन्य १७ कार्यालयका गतिविधि दुई महिनाका लागि स्थगित गर्न आदेश जारी गरेको हो ।

जुन र जुलाईमा भएको अनुगमनको क्रममा मन्त्रालयका अधिकारीहरूले भर्ना कार्यालयको गतिविधिको अनुगमन तथा निरीक्षणका क्रममा श्रम कानुन उल्लंघन गरेको पत्ता लागेपछि कारबाही गरिएको जनाएको छ ।

नियुक्ति क्षेत्रको अनुगमन गर्न, रोजगारदाताको अधिकारको संरक्षण र यस क्षेत्रलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका निर्णयहरूको कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयको प्रयासको एक हिस्साका रूपमा दण्डात्मक कदम चालिएको मन्त्रालयलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।

यसैबीच, मन्त्रालय अन्तर्गत मुसानेद प्लेटफर्मले व्यक्तिहरूलाई प्रदान गरिने सेवाहरूको गुणस्तर सुधार र सहजीकरण गर्न कामदार भर्ती क्षेत्रको विकास र बहुविध सेवाहरू प्रदान गर्ने काम जारी राखेको जनाएको छ । यसले संविदात्मक सम्बन्धमा संलग्न पक्षहरू बीच हुन सक्ने गुनासो र विवादहरू समाधान गर्न पनि सहयोग पुग्ने जनाएको छ ।

घरेलु सेवा र गृह रोजगार कार्यक्रमको लागि मन्त्रालयको वेबसाइट मुसानेदले घरेलु कामदार,रोजगारदाताहरूको अधिकार, कर्तव्यहरू परिचय गराउने र घरेलु श्रम सेवा प्रदायकहरूसँग समन्वय गरी प्रक्रिया र संयन्त्रलाई एउटै छातामुनि ल्याउने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।

कामदार भर्ती क्षेत्रसँग सम्बन्धित कुनै पनि श्रम कानुन उल्लङ्घनको घटना भएमा एकीकृत नम्बर १९९११ मा कल गरेर वा स्मार्ट फोनमा उपलब्ध मन्त्रालयको एप्लिकेसनमार्फत जानकारी दिन मन्त्रालयले सबैलाई आग्रह गरेको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : ०९ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको