बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना « Khabarhub

बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लामा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह छन् । केही दिनअगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउन सहयोग गर्ने उद्देश्यले कोरोना कोष स्थापना गर्ने निर्णय भएको उनको भनाइ छ ।

सङ्क्रमणको चौथो लहरको जोखिम बढिरहेकालाई पूर्वतयारी गर्न थालिएको हो । उनले भने, ‘सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई होल्डिङ सेन्टरमा राख्दा र उनीहरुलाई सम्बन्धित ठाउँमा पुर्‍याउन लाग्ने पैसा सो कोषबाट खर्च गरिनेछ ।’ कोरोना कोष स्थापना गरेर त्यसको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ ।

विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर र आइसोलेसन, क्वारेन्टिन निर्माण गरिने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्नेसमेत निर्णय भएको छ।

भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ११ : १५ बजे

जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह

काठमाडौं– आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई

रक्षा मन्त्रालय मातहतका विकास आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा

काठमाडौं– रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी

कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री

काठमाडौं – कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री