दिउँसो १ बजेसम्मका मुख्य १० समाचार « Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. गाँजा विधेयक अघि बढाउन एमाले सांसदको माग
नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा फुकुवासम्बन्धी गैरसरकारी विधेयक अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभामा आज बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले गाँजा खेतीलाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक दर्ता गरेको धेरै समय भएको उल्लेख गर्दै त्यसलाई अघि बढाउन आग्रह गरेका हुन् ।

यस्तै उनले लगातारको वर्षाबाट हिजो सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २ को डाँडाघरे टोल र सिरानटोलका ३० घर जोखिममा रहेको जानकारी गराए।

२. स्वास्थ्य बीमा कार्यक्रम रोकेको सांसद भट्टराईको आरोप
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताएका हुन् । सरकारले २० प्रतिशत भन्दा बढी बिमामा भुक्तानी गरेको बताए

३. उपत्यकाभित्र हर्न बजाउन नपाइने 
काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट अभियान  सुरु गरेको  छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना , काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस लगायतको सहकार्यमा आजबाट नो हर्न अभियान सुरु गरिएको हो ।

काठमाडौँमा २०७४ साल वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिए पनि प्रभावकारी  पालना नभएकाले त्यसलाई कार्यान्वयन गर्न अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

४. एम अधिकारी विरुद्ध प्रदर्शन
गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दल कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेका छन् ।

राष्ट्र बैंक अगाडी  आज  उनीहरूले प्रदर्शन गरेका हुन् ।  प्रहरीले प्रदर्शनमा सहभागी २१ प्रदर्शनकारी पक्राउ गरी  प्रहरी वृत्त मालिगाँउमा राखिएको छ ।

नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको  नाम समावेश गरिएको भन्दै सत्ता गठबन्धनले विरोध गर्दै आएको छ ।

५. नेविसंघले खोल्यो त्रिवि सेवा आयोगमा लगाएको ताला

किर्तिपुरको त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोलेको छ ।

नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्  ।

नेविसंघले गत साउन १२ मा त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकहरूको अन्तर्वार्ता रोक्न माग गर्दै तालाबन्दी गरेको थियो ।

६. रघुगङ्गा गाउँपालिकामा एक सय ५३ योजना कार्यान्वयन
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा एक सय ५३ योजना कार्यान्वयन गरेको छ ।

 पूर्वाधारसँग सम्बन्धित एक सय ५९ योजना छनोट भएकामा एक सय ४३  उपभोक्ता समिति र १० ठेक्का प्रक्रियाबाट कार्यान्वयन भएको गाउँपालिकाको प्राविधिक शाखाले जनाएको छ ।

७. खच्चड धपाउँदा पहिरोमा परेका एकको मृत्यु
उत्तरी गोरखाको सिर्दिवासबाट माछीखोलातर्फ खच्चड लैजाँदै गर्दा पहिरोमा परेर घाइते भएका सुरेश गुरुङको उपचारका क्रममा मृत्यु भएको छ।

शुक्रबार धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित क्यान्टिलिभर पुलनजिकै पहिरो खस्दा खच्चड धनीसमेत रहेका वडा नम्बर ७ भिरकुनाका ३५ वर्षीय गुरूङ ढुंगाले लागेपछि गम्भीर घाइते भएका थिए।

८. क्युवाको एक तेल डिपोमा चट्याङ लाग्दा २१ जना बेपत्ता
क्युवाको एक तेल डिपोमा चट्याङ  लागेर भीषण आगलागी हुदाँ २१ जना बेपत्ता भएका छन् । अन्य १२१ जना घाइते भएका छन् ।

आगोलागीमा परेर एक जनाको मृत्यु भएको छ क्युवाको मातान्जसमा  शहरको रहेको दोस्रो ठूलो तेल डिपोमा चट्याङ पर्दा आगलागी  कारण मानवीय  क्षति भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

९. इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुने
इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुने भएका छन् ।साबिक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आज रहेको छ ।

सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ। सिटीको उसैको मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ ।सिटी र वेस्ट ह्यामबीचको खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

१०. स्पेनिस ला लिगाले नयाँ खेलाडी दर्ता गरेन
स्पेनिस ला लिगा फुटबलले बार्सिलोनाका हालै अनुबन्धित नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको छ । ला लिगाले बार्सिलोनामा आबद्ध पाँच नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको हो।

फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले पाँच खेलाडी दर्ता गर्न असफल भएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : ४२ बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै