दोर्दी-१ जलविद्युत आयोजना निर्माण सम्पन्न « Khabarhub

दोर्दी-१ जलविद्युत आयोजना निर्माण सम्पन्न


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १२ मेगावाटकाे उक्त आयोजनाले विद्युत् उत्पादन परीक्षणसमेत गरिसकेको छ । तर, प्रसारण लाइन नहुँदा नियमित विद्युत् उत्पादन भने गर्न पाएको छैन ।

हाल व्यावसायिक विद्युत् उत्पादनका निम्ति प्रसारण लाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए ।

यसअघि चैत २०७६ मा आयोजना निर्माण पूरा गर्ने भनिए पनि दोर्दी खोलामा आएको बाढी र कोभिड-१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्बिएको हो ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सब स्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रसारण लाइन आयोजना आफैले निर्माण गरिसकेको छ ।

प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमति पत्र लिएर प्राधिकरणसँग १०.३ मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ । पीपीएमा सहमतिअनुसार सुख्खा याम पुसदेखि ८ चैतसम्म ८ रुपैयाँ ४० पैसा र बाँकी समय हिउँदमा चार रुपैयाँ ८० पैसामा खरिद मूल्य कायम भएको छ । पीपीएदर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।

२०७४ सालबाट सुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच वटा बैंकले ऋण लगानी गरेका छन् ।

विद्युत् उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसारणलाइनमार्फत कीर्तिपुर सबस्टेशनमा जोडिएको छ । तर, गत वर्षको बाढीका कारण प्रसारण लाइन पुनः निर्माण नहुँदा आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको हो ।

तत्कालका लागि मर्स्याङ्दी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनअन्तर्गत उदिपुर सब स्टेसनमा जोड्ने तयारी गरे पनि सो प्रसारण लाइन पनि निर्माण सम्पन्न नभएकाले आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : २१ बजे

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना