सोमप्रसाद पाण्डे पाल्पा–२ बाट एकल सिफारिस « Khabarhub

सोमप्रसाद पाण्डे पाल्पा–२ बाट एकल सिफारिस


२२ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाल्पा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन्।

उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष छन्। उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)बाट विजयी भएका थिए । उनले सोही क्षेत्रबाट विसं २०५१, २०५६, २०७० को निर्वाचनमा पनि एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । सोही क्षेत्रमा एमालेबाट पोलिटब्यूरो सदस्य ठाकुर गैरेको एकल नाम पार्टीले सिफारिस गरेको छ।

प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ । क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जिआर, निमनारायण ढुङ्गानालाई सिफारिस गरेको छ भने क्षेत्र २ (ख) मा झलक रायमाझी र कमल रायमाझी उम्मेदवारका रूपमा सिफारिस भएका छन् । प्रदेशसभामा समानुपातिकतर्फ गोदावरी ज्ञवाली, बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको छ।

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा लेखनाथ पोखरेललाई सिफारिस गरेको छ भने समानुपातिकमा अल्पसङ्ख्यकमा रमा घर्ती सिफारिसमा परेका छन्। प्रत्यक्षमा प्रदेशसभा सदस्य (क) मा विनोद श्रेष्ठ र कमल सेन सिफारिसमा परे भने (ख) मा पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठ छन्।

समानुपातिकमा क्षेत्र १ (क) महिला तारा कँडेल, दलितमा सर्वजित विश्वकर्मा र क्षेत्र १ (ख) मा महिलाबाट नारायणी खनाललाई सिफारिस गरिएको छ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ११ : ५९ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको