सिराहामा एमालेले टुंग्यायो उम्मेदवार  « Khabarhub

सिराहामा एमालेले टुंग्यायो उम्मेदवार 


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सिराहा – नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिराहाका चार वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।  सिराहा क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् ।

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्बर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र यादवले जानकारी दिए ।

क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ बाट रामअवतार महतोको एकल नाम सिफारिस गरिएको छ । ‘ख’ तर्फ तीन-चार जनाको नाम आएकाले समय लाग्ने यादवले बताए।

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्बर ४ को बैठकले प्रतिनिधिसभाका लागि दुई जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि ‘क’ बाट पाँच र ‘ख’ बाट तीन जनाको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभाका लागि इन्द्रेश राउत र अमरनाथ यादवको नाम सिफारिस भएको छ । प्रदेशतर्फ ‘क’ पवनकुमार महतो, पुलन महतो, प्रकाश महासेठ, जागेश्वर साह र विमल यादवको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’को लागि जगतरैन देवी साह, विल्टु साह र विजयनन्द महतोको नाम सिफारिस भएको छ ।

सिराहा क्षेत्र नम्बर १ बाट रामशंकर यादवको नाम सिफारिस भएको छ । प्रमेश ‘क’बाट राजेन्द्रप्रसाद चौधरी, यमुना खनाल, रामनारायण महतो, इन्द्रनारायण चौधरी र प्रदीपकुमार चौधरी नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि नरेन्द्रराज पोखरेलको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : ०४ बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका