सिराहामा एमालेले टुंग्यायो उम्मेदवार  « Khabarhub

सिराहामा एमालेले टुंग्यायो उम्मेदवार 


२२ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सिराहा – नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिराहाका चार वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।  सिराहा क्षेत्र नम्बर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् ।

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्बर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र यादवले जानकारी दिए ।

क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ बाट रामअवतार महतोको एकल नाम सिफारिस गरिएको छ । ‘ख’ तर्फ तीन-चार जनाको नाम आएकाले समय लाग्ने यादवले बताए।

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्बर ४ को बैठकले प्रतिनिधिसभाका लागि दुई जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि ‘क’ बाट पाँच र ‘ख’ बाट तीन जनाको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभाका लागि इन्द्रेश राउत र अमरनाथ यादवको नाम सिफारिस भएको छ । प्रदेशतर्फ ‘क’ पवनकुमार महतो, पुलन महतो, प्रकाश महासेठ, जागेश्वर साह र विमल यादवको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’को लागि जगतरैन देवी साह, विल्टु साह र विजयनन्द महतोको नाम सिफारिस भएको छ ।

सिराहा क्षेत्र नम्बर १ बाट रामशंकर यादवको नाम सिफारिस भएको छ । प्रमेश ‘क’बाट राजेन्द्रप्रसाद चौधरी, यमुना खनाल, रामनारायण महतो, इन्द्रनारायण चौधरी र प्रदीपकुमार चौधरी नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि नरेन्द्रराज पोखरेलको नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  १२ : ०४ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको