एमालेको आरोप : सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गर्‍यो « Khabarhub

एमालेको आरोप : सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गर्‍यो


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी सरकारले काम गरेको आरोप लगाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्ने गरी सरकारले काम गरेको आरोप लगाएका हुन् ।

निर्वाचनलाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाएका उनले सरकारलाई तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिए ।

काम चलाऊ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै उनले जथाभाबी, मनलाग्दी, निर्वाचन प्रभावित पार्ने गरी सरकारले छानीछानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाएको आरोप लगाए ।

राजनीतिक आस्थाका आधारमा सरकारबाट हुने  विभेदविरुद्ध एमाले उत्रिने उनको चेतावनी छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  २ : ३३ बजे

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन