मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास समितिमा पठाइयो « Khabarhub

मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास समितिमा पठाइयो


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो।
विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित

सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले पनि मिडिया काउन्सिल विधेयकको प्रावधानप्रति आपत्ति जनाएको थियो ।

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडिया काउन्सिल विधेयकमा रहेका विवादास्पद प्रावधान सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए । सोही कारण आजको प्रतिनिधिसभा बैठकले विधेयकलाई फेरि विकास तथा प्रविधि समितिमा पठाएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक २५ भदौ शनिवार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ३ : ५९ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ